Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

कोरियामा भीषण वर्षा र बाढीका कारण २० जनाको मृत्यु, हजारौं विस्थापित

कोरियामा भीषण वर्षा र बाढीका कारण २० जनाको मृत्यु, हजारौं विस्थापित

  • काठमाडौं । दक्षिण कोरियामा बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ र हजारौं विस्थापित भएका छन् । तीन दिनसम्म लगातार परेको भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा पहिरो, विद्युत अवरुद्ध र कतिपय भौतिक पूर्वाधार क्षति भएका छन् ।

    images
    images
    images

    शनिबार सबेरै मध्यउत्तरी क्षेत्रको चुङचेओङ प्रदेशस्थित एक बाँध भरिएर पानी खसेको थियो । प्रधानमन्त्री हान डक सुले सेनालाई उद्दार कार्यमा सहायता गर्न निर्देशन दिएका छन् । त्यहाँ १० जना हराइरहेका छन् भने अरु धेरै घाइते भएका कोरियाली समाचार एजेन्सी योनहापले जनाएको छ ।

    हजारौं नागरिक स्थानीय सरकारको निर्देशनपछि घर खाली गरेर सुरक्षित स्थानतर्फ गएका छन् । शनिबार विहान साढे ६ बजे गोयसान बाँध भरिएर पानी खस्न थालेपछि ६ हजार ४०० जनाले निवास छाडेका योनहापले उल्लेख गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij