Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रधानमन्त्री ओली धनगढी जाँदै

प्रधानमन्त्री ओली धनगढी जाँदै

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रवार धनगढी जाँदै छन् । आफूनिकट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चौथो विस्तारित बैठकलाई सम्बोधन गर्न ओली मध्याह्न १२ बजे धनगढी जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    images
    images
    images

    बुधवार नेकपाको ओली समूहको प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ । उक्त बैठकले प्रदेश संयोजक उद्योगमन्त्री समेत रहेको नेकपा स्थायी कमिटी सदस्य लेखराज भट्टलाई चयन गरेको छ ।

    कार्यक्रमलाई शानदार रूपमा सफल पार्न योजनाबद्द ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । त्यस्तै बुधवारको बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेको आरोपमा नेकपा स्थायी कमिटी सदस्य भीम रावललाई कारबाही गर्न सिफारिस समेत गरेको उनले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij