Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेपालमा कोरोनाको अनुवंशीय अनुक्रम अन्य देशको जस्तै

नेपालमा कोरोनाको अनुवंशीय अनुक्रम अन्य देशको जस्तै

  • काठमाडौं । नेपालमा देखिएको कोरोना भाइरसको अनुवंशीय अनुक्रम विश्वव्यापी रूपमा भएको अनुक्रम नै भएको पाइएको छ । नेपाली सार्स कोभिड टु भाइरस धेरैजसो जीएच र जीआर समूहको भएको देखिएको छ ।

    images
    images
    images

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना संक्रमित बिरामीको सार्स कोभिड टु भाइरसको अनुवांशिक अनुक्रमीय व्याख्या सर्वेक्षणका क्रममा यस्तो पाइएको छ । नेपालमा देखिएको कोरोना भाइरसको सम्भावित स्रोत भारत, साउदी अरेबिया, युरोप र संयुक्त राज्य अमेरिकामा भएको देखिएको छ ।

    अनुसन्धानमा सर्वेक्षण गरिएकामध्ये ५८ दशमलव २ प्रतिशतलाई होम आइसोलेसनको दौरानमा मानसिक अशान्ति भएको पाइएको छ । यस्तै देशभर ५९ दशमलव ३ प्रतिशत कोरोना संक्रमितले घरेलु उपचार गुर्जो र बेसारको प्रयोग गरेको पाइएको छ । सर्वेक्षण गरिएका संक्रमितमध्ये ५८ दशमलव २ प्रतिशतमा होम आइसोलेसनको दौरानमा मानसिक अशान्ति भएको देखिएको छ ।

    यस्तै ५ दशमलव ६ प्रतिशतले आयुर्वेदिक उपचार र २९ दशमलव ६ प्रतिशतले आधुनिक औषधि उपचारको प्रयोग गरेको पाइएको थियो । अनुसन्धानका क्रममा लक्षणसहितका संक्रमितमा ज्वरो, खोकी, चिसो महसुस हुने, कमजोरी हुने, स्वादको कमी, गन्ध गुमाउने, मांसपेसी दुख्ने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, घाँटी दुखाइ, जोर्नी दुख्ने र वाकवाकी रहेको देखिएको थियो ।

    अध्ययनमा सहभागी संक्रमितमध्ये ५२ दशमलव ५ प्रतिशतले परिवारसँग सामाजिक दूरी पूर्ण रूपमा र ३५ प्रतिशतले कहिलेकाहीँ सामाजिक दूरी कायम गरेकोसमेत पाइएको छ । संक्रमित भई उपचार गरिरहेकामध्ये ५९ दशमलव ३ प्रतिशतले घरेलु, ५ दशमलव ६ प्रतिशतले आयुर्वेदिक र २९ दशमलव ६ प्रतिशतले आधुनिक औषधि उपचार गरेको अध्ययनले देखाएको छ । राजधानी दैनिकमा प्रशान्त वलीले समाचार लेखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij