Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सिन्धु विकासभित्रै निक्षेप छुमन्तर

सिन्धु विकासभित्रै निक्षेप छुमन्तर

  • काठमाडौं । बचतकर्ताको रकम अपचलन भएको भन्दै प्रहरीले सिन्धु विकास बैंकका कर्मचारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले उक्त बैंकको बाह्रबिसे शाखाका प्रमुख रुक्सा श्रेष्ठसहितलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    बाह्रबिसे शाखा सिन्धु विकास बैंकको एक मात्रै शाखा हो । प्रारम्भिक अनुसन्धानमा शाखाबाट साढे दुई करोड रुपियाँभन्दा बढी हिनामिना भएको पाइएको प्रहरीको भनाई छ । पक्राउ पर्ने घटनामा संलग्न प्रदमबहादुर प्रधान, बैंकका अन्य कर्मचारीहरुमा एलिसा बस्नेत र अस्फना श्रेष्ठ छन् । बैंककी अर्की कर्मचारी नीतिका श्रेष्ठसहित घटनामा संलग्न अरु व्यक्तिहरुलाई भने पक्राउ गर्न नसकिएको जनाइएको छ । उनीहरुलाई पनि पक्राउ पुर्जी जारी भएको छ । 

    प्रहरीका अनुसार बचतकर्ताको रकम बैंकका कर्मचारीहरुले आफ्ना श्रीमानको नाममा रहेको बैंक खातामा ट्रान्सफर गरेर ब्याज खाने र अन्य कार्यमा रकम निकालेर प्रयोग गरेको पाइएको हो । पीडितहरुले उजरी गर्न थालेपछि प्रहरीले अनुसन्धान थाल्दा हिनामिना गरेको तथ्य भेटिएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij