
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नाइट्रेट अक्साइड ग्यास लिक हुँदा दक्षिण अफ्रिकामा १६ जनाको मृत्यु भएको छ । जोहन्सबर्गस्थित बोक्सबर्गमा रहेको एक अस्थायी बसोवास क्षेत्रमा ग्यास चुहावट भएको हो । यो घटना गैरकानुनी सुन खानी क्षेत्रसँग सम्बन्धित रहेको जनाइएको छ ।
नाइट्रेट अक्साइड ग्यास गैर कानुनी खानी क्षेत्रहरुमा प्रयोग हुने गर्छ । जामा जामाु भनेर चिनिने सो क्षेत्रमा पुराना खानीहरुबाट चोरी गरि ल्याएका माटोबाट सुन निकाल्न प्रयोग हुन्छ ।
स्थानीय अधिकारीहरुका अनुसार एउटा ग्यास सिलिन्डर ठूलो जनसंख्या भएको बोक्सबर्गको एनगोलफ स्यान्ती शहरमा लिक भएको जनाइएको छ । पीडितहरु सिलिन्डर पाइएको १०० मिटरको रेडियसुमा भेटिएका हुन्। ग्यास चुहावट भएपछि श्वास फेर्न नसकेर उनीहरुको मृत्यु भएको हो ।
सोही शहरमा ६ महिना अघि ग्यास ट्याङ्कर विस्फोट हुँदा ४१ जनाको मृत्यु भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij