
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । ललितपुर महानगरपालिका र वडा नम्बर १२ ले केही दिनअघि लगनखेल बसपार्कमा रहेको प्रहरी चौकी लगायतका संरचना हटाएर व्यापारिक कम्प्लेक्स बनाउन गरेको निर्णयविरुद्ध आज स्थानीयले प्रदर्शन गरेका छन् ।
२१ वटा स्थानीय टोलसुधार लगायतका संघसंस्थाहरूले आज लगनखेल बसपार्कमा जुलुससहित जम्मा भई महानगरको पुल्चोकस्थित कार्यालयअघि भेला भएर नाराबाजी गरेका हुन् ।
प्रदर्शनको क्रममा सहभागीहरूले ‘भूमाफिया मुर्दावाद’,’व्यापारिक कम्प्लेक्स चाहिँदैन’, ‘प्रहरीचौकी हटाउन पाइँदैन’, ‘सार्वजनिक जग्गा खाली गर’, ‘महानगरको निर्णय फिर्ता गर’ जस्ता नारा लगाएका थिए । प्रदर्शनकारीहरूले करिब १ घण्टा महानगरअघि प्रदर्शन गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij