Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

टिपरको ठक्करबाट एक महिलाको मृत्यु

टिपरको ठक्करबाट एक महिलाको मृत्यु

  • काठमाडौं । इटहरी उपमहानगरपालिकाको मुख्य चोकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बच्चासहित स्कुटीमा सवार पहिचान नखुलेकी ती महिलाको घटनास्थलमै मृत्यु भएको हो । महिलासँगै स्कुटीमा सवार बालिका भने घाइते भएकी छिन् ।

    images
    images
    images

    ती बालिका मृतक महिलाको छोरी रहेको प्रहरीको अनुमान छ । यता, दुर्घटनाको विषयमा स्थानीय र प्रहरीबीच झडप भएको छ । चलाक र सवारीसाधनको सुरक्षामा आएका प्रहरीलाई आक्रोसित सर्वसाधरणले ढुङ्गा प्रहार गरेका हुन् ।

    आक्रोशित भिडले पूर्वपश्चिम राजमार्ग अवरूद्ध पारेर ढुङ्गामुडा गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्नुका साथै लाठी चार्जसमेत गरेको छ । थप विवरण आउन बाँकी छ ।

    May be an image of 1 person, road and crowd

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij