
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । जताततै पहिरो खसेपछि सिद्धार्थ राजमार्गमा यातायात अवरुद्ध भएको छ । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा रातभर परेको पानीले बगाएर ल्याएको गेग्रानसहित सिद्धार्थ राजमार्गसहित विभिन्न पहाडी सडकका दर्जनौं ठाउँमा पहिरो गएको छ ।
पाल्पाको माथागढी गाउँपालिका–१, चिदीपानी धैरेनीमा लेदोहितको पहिरो खसेको छ । आर्यभन्ज्याङ–राम्दी सडकमा पनि पहिरो गएको छ । प्रहरीका अनुसार राम्दी नजिकै सेरामा गेग्रान थुप्रिएको छ भने तिनाउ–३, भुतखोलामा पहिरोसँगै रुख ढलेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij