
Apr 24 2025 | २०८२, वैशाख ११ गते
सप्तरी । लागुऔषध खैरो हेरोइन (ब्राउनसुगर)सहित पक्राउ परेका युवक बुधबार थुनामा परेका छन् । जिल्ला अदालतको आदेशले तिलाठी कोइलाडी गाउँपालिका–७ का २७ वर्षीय भरत शर्मा सुतिहार पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनरुप टोलीले अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवास्थित भित्री सडकखण्डबाट ५० ग्राम खैरो हेरोइनसहित सुतिहार र उनका भाइलाई गत कात्तिक १ गते पक्राउ गरेको थियो । आरोपितका भाइ ९काकाका छोरा० १७ वर्षीय बालक भएकाले उनलाई निजको बुवाको जमानीमा छाडिएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहको नेतृत्वमा खटिएको टोलीले स७प १८६५ नंको मोटरसाइकलमा महादेवा गाउँबाट महुलीतर्फ जाँदै गरेको उनीहरुलाई पक्राउ गरेको थियो । प्रनाउ सिंहका अनुसार खैरो हेरोइन लिएर मोटरसाइकलमा आउँदै गरेको सूचनापछि सवारी साधन तथा पैदलयात्रीलाई जाँच गर्ने क्रममा आरोपित पक्राउ परेका हुन् । मोटरसाइकल पछाडि सवार भरत शर्माको साथबाट १० ग्रामको दरले बनाएको पाँच पोका खैरो हेरोइन बरामद भएको थियो ।
आरोपितले भारतबाट खैरौ हेरोइन लिएर आएको बताए । भरत शर्माले लगाएको पाइन्टको गोजीमा प्लास्टिकभित्र प्याक गरेर राखेको अवस्थामा खैरो हेरोइन बरामद भएको प्रनाउ सिंहको भनाइ छ । उनीहरुविरुद्ध लागुऔषध ९नियन्त्रण० ऐन, २०३३ अनुसार मुद्दा चलाइएको छ ।
कुटपिट मुद्दाका दोषी पाँच वर्षपछि पक्राउ
पाँच वर्षदेखि फरार रहेकी सप्तरीको सरातुल खातुन आज पक्राउ परेकी छन् । कुटपिट अङ्गभङ्ग मुद्दामा फरार रहेकी सप्तरीको महादेवा गाउँपालिका–१ पकरीकी सरातुल खातुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोहमद मुरतुजा मियाँको जाहेरीले खातुन, अली हुसेन मियाँसमेत पाँचविरुद्ध जिल्ला अदालतमा २०७२ पुस १३ गते मुद्दा अभियोजन भएको थियो ।
जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद गौतमको इजलासले आरोपित खातुनलाई २०७३ फागुन ८ गते चार वर्ष कैद र साढे एक लाख जरिवाना गर्ने फैसला गरेको थियो । घटनापछि फरार रहेकी आरोपितलाई खोजतलासको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । अभियुक्तलाई अदालतको आदेशानुसार राजविराज कारगारमा कैद भुक्तानका लागि पठाइएको छ । रासस
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij