Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

राजनीतिक दलका कारण विश्वविद्यालय थला परे: गगन थापा

राजनीतिक दलका कारण विश्वविद्यालय थला परे: गगन थापा

  • काठमाडौं  । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलका कारण विश्वविद्यालय थला परेको बताएका छन् । गिरिजाप्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सोमबार सम्बोधन गर्दै थापाले १०/१२ वर्षदेखि शिक्षाको अवस्था ओरालोतर्फ लागेको बताएका हुन् । उनले राजनीतिक भागबण्डाले विश्वविद्यालय कमजोर बन्दै गएको दाबी गरे ।

    images
    images
    images

    उनले विद्यालयलाई उच्च प्राथमिकतामा राखेर संघीय  शिक्षा ऐन तत्काल पारित गर्न प्रधानमन्त्री समक्ष आग्रह गरे ।   उनले शिक्षालाई व्यवस्थित गर्ने र शिक्षा ऐनको प्रारम्भ समेत नहुँदा नभएकाले विश्वविद्यालयहरु थला परेको, राजनीतिक दलका कारण विश्वविद्यालय धरासायी बनेको, संघीय व्यवस्थामा मुलुक गएपनि शिक्षामा प्राथमिकता पर्न नसकेको उल्लेख गरे ।  

    थापाले नागरिकहरुसँग गरेका बाचा सरकारले पूरा गर्न नसकेको बताए । उनले भने,‘नागरिकहरुसँग हामीले केहि बाचा गरेका थियौं । तिम्रो जीवनलाई हामी माथि उठाउँछौं, तिम्रो जीवनका अफ्ठ्याराहरुलाई हामी हल गर्छौं, सम्बोधन गर्छौं। तर यो गर्नबाट हामी चुकेका छौं । चुकिरहेका छौं यसलाई हामीले स्वीकार्नुपर्छ ।’ 

    उनले यस वर्षमा पनि विद्यालय शिक्षामा बजेट कम छुट्याइएको भन्दै असन्तुष्ट व्यक्त गरे । विद्यालयमा आएको संकटलाई अझै सरकारले बुझ्न नसकेको भन्दै थापाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । 

    थापाले प्रचण्डलाई भ्रष्टाचारको विरुद्ध कुनै पार्टी नहेरी अगाडि बढ्न आग्रह गरे।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij