Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

थानकोटका इन्स्पेक्टर शर्मा निलम्बित

थानकोटका इन्स्पेक्टर शर्मा निलम्बित

  • काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई निलम्बन गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा गृह मन्त्रालयले शर्मालाई निलम्बन गरेको हो ।

    images
    images
    images

    महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एक अधिकृतका अनुसार सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमाथि छानविन थाल्न उनलाई निलम्बन गरिएको हो ।

    कलंकीमा भएको एक दुर्घटनामा अनुसन्धान प्रतिवेदन ढिला बुझाएर नियमित प्रक्रियालाई लम्ब्याएको अभियोग शर्मामाथि छ । त्यसवापत उनले हिरासतमा रहेका व्यक्तिका निकटस्थसँग रकम लिएको आरोप लगाइएको छ ।

    तर, शर्माले भने रकम लिएको अस्वीकार गरेका छन् । डीएसपी श्रेष्ठले आफूमाथि पूर्वाग्रह राखेको उनले गुनासो गर्ने गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij