
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने कदम फिर्ता लिन आग्रह गरेका छन् ।
बिहीवार बसेको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै यादवले प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक रहेका कारण मिल्ने भएसम्म फिर्ता लिन आग्रह गरेका हुन् । त्यस्तै प्रधानमन्त्रीले असंवैधानीक काम गरेकाले सम्माननीय भन्ने वा नभन्ने भन्नेमा अलमलमा परेको टिप्पणी गरे । “संविधान विपरित काम गरेकाले प्रधानमन्त्रीलाई सम्मानीय भन्ने कि असम्मानीय भन्ने ?” उनले भने ।
हरेक कुरामा सबैले प्रधानमन्त्रीलाई साथ दिएको तर प्रधानमन्त्री ओलीले त्यसको वेवास्ता गरेको पनि आरोप लगाएका छन् । कृषि प्रदान देशमा उखुको पैसा पाउन किसानले दुख पाएको भन्दै किसानहरुको माग सम्बोधनका लागि समेत आग्रह गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij