Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

राष्ट्रिय सभामा प्रधानमन्त्रीको मानसिक सन्तुलन गुमेको टिप्पणी !

राष्ट्रिय सभामा प्रधानमन्त्रीको मानसिक सन्तुलन गुमेको टिप्पणी !

  • काठमाडौं । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक सन्तुलन गुमेको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    बिहीवार बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान विपरित गएर संसद विघटन गरेकोप्रति आपत्ती जनाउँदै त्यस्तो बताएका हुन् ।

    प्रधानमन्त्री हुन योग्यता चाहिने भन्दै रायमाझीले संविधानको नियम विपरित कामकारबाही गरेर मन्त्रिमण्डल पुनर्गठन गरेको भन्दै प्रधानमन्त्रीलाई मानसिक सन्तुलन गुमेको आरोप लगाएका हुन् ।

    त्यस्तै प्रधानमन्त्रीले हरेक क्रियाकलापमा राष्ट्रपतिलाई समावेश गरेको भन्दै आपत्ती जनाएका छन् ।

    उनले भने, “आज तानसाहीको भरमा हिँडदा राष्ट्रपति विवादित हुनुभयो प्रधानमन्त्री को हो यो मुलुकको ? प्रधानमन्त्री ओली हिटलर हो ?”

    नेकपाले भ्रष्ट्राचारी नेतालाई जोगाउन लाग्दा नेकपा दुर्घटनामा परेको बताए । प्रधानमन्त्री ओलीले संविधान नै नपढी असंवैधानीक कदम गरेको भन्दै संविधान पढ्न समेत सुझाव दिएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij