
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । दार्चुलाका एक वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको दुहु गाउँपालिका ५ का वडा अध्यक्षको मृत्यु भएको हो । वडाध्यक्ष मनोरथ भट्टको सोमबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी तर्कराज पाण्डेयका अनुसार आइतबार स्वास्थ्यमा समस्या आउनुका साथै टाउको दुखेपछि भट्ट जिल्ला अस्पताल दार्चुला गएका थिए ।
जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको थियो । तर भट्टलाई सोमबार बिहान धनगढी ल्याउने क्रममा निधन भएको प्रहरीले जनाएको छ । शैल्यशिखर नगरपालिकाको बगौरामा उनको निधन भएको बताइएको छ ।
भट्टको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । उनको आजै दाहसंस्कार हुने पारिवारिक स्रोतको भनाइ छ । भट्ट नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । दुहुँ गाउँपालिकाले वडाध्यक्ष भट्टको निधनको शोकमा आज सार्वजनिक बिदा दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij