Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

टाइटानिकको भग्नावशेष हेर्न जाँदा हराइरहेका सबै यात्रुको ‘निधन’

टाइटानिकको भग्नावशेष हेर्न जाँदा हराइरहेका सबै यात्रुको ‘निधन’

  • काठमाडौं । टाइटानिकको शताब्दी पुरानो भग्नावशेष हेर्न एक पर्यटन पनडुब्बीमा गएका पाँचै जनाको मृत्यु भएको घोषणा गरिएको छ । टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परे पछि त्यसमा सवार पाँच जनाको मृत्यु भएको घोषणा गरिएको बीबीसीले जनाएको छ ।

    images
    images
    images

    मारिनेमा ५८ वर्षीय हमिस हार्डिङ, ४८ वर्षीय शहजादा दाउद र उनका छोरा १९ वर्षीय सुलेमान दाउद, ७७ वर्षीय पल९हेन्री नार्गोलेट र ६१ वर्षीय स्टकटन रश रहेका छन् । यस घोषणासँगै पाँच दिन लामो खोज अभियान समाप्त भएको अमेरिकी तट रक्षक गार्डले बताएका छन् ।

    बीबीसीका अनुसार क्यानाडाली जहाजबाट खटाइएको एक रोबोट डाइभिङ गाडीले बिहीबार टाइटानिक जहाजबाट लगभग ४८७ मिटर नजिक पनडुब्बी टाइटनको पाँच भाग फेला पारेको थियो । यस हप्ताको सुरुमा रिपोर्ट गरिएको आवाजहरू अब यस क्षेत्रका अन्य जहाजहरूबाट आएको मानिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij