
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौँ । अखिल नेपाल महिला संघ बागमती प्रदेशको अध्यक्षमा विमला शर्मा निर्वाचित भएकी छिन् । केन्द्रीय प्रचार विभाग प्रमुख कालिका पाठकका अनुसार आइतबार सम्पन प्रदेशको सम्मेलनले शर्माको अध्यक्षतामा ८६ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।
उपाध्यक्षमा अन्नपूर्ण बस्नेत र ज्ञानु पाण्डे, सचिवमा शान्ता राई, उपसचिवमा उर्मिला खड्का र कोषाध्यक्षमा शोभा सापकोटालाई सम्मेलनले निर्वाचित गरेको छ ।
एमाले अध्यक्ष केपी ओलीले बागमती संयोजक शारदा कुमालको अध्यक्षतामा सम्पन्न सम्मेलनको उद्घाटन गरेका थिए । उक्त सम्मेलनमा स्थायी कमिटी सदस्य सीता पौडेल, अनेमसंघकी केन्द्रीय अध्यक्ष टुकाभद्रा हमाललगायतले मन्तव्य राखेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij