
Jun 13 2025 | २०८२, जेठ ३० गते
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा परीक्षण गराएका मध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पछिल्लो एक हप्तामा जचाउने आएका मध्ये ५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनीहरू ज्वरोलगायतका संकास्पद लक्षण लिएर आएका थिए। परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो ।
काठमाडौंको नर्भिक अस्पतालबाट रिफर भएर टेकु पुगेका एक जना भने भर्ना भएर उपचार गरिरहेका छन् । उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार उनले ८ दिन नर्भिक अस्पतालमा उपचार गरेका थिए । त्यसपछि रिफर लिएर टेकु आइपुगेका हुन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार हालसम्म देशभर १६ जना सक्रिय संक्रमित छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij