
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । समाजवादी मोर्चाको घोषणा कार्यक्रम सरेको छ । आज दिउँसो ३ बजेलाई तय भएको कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडको बाढी–पहिरो प्रभावित क्षेत्रमा गएपछि बैठक सरेको हो । नेकपा माओवादी केन्द्रका कार्यालय प्रमुख श्रीराम ढकालले घोषणा कार्यक्रम ४ बजेलाई सरेको जानकारी दिए।
आज अपरान्ह माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित चार दलले समाजवादी मोर्चा घोषणा गर्दैछन् । डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई पनि मोर्चामा सहभागी गराउन प्रयास भइरहेको छ । यसै विषयमा छलफल गर्न आज बिहान बालुवाटारमा पार्टीका शीर्ष नेताहरूबीच बैठक बसेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij