
Apr 21 2025 | २०८२, वैशाख ८ गते
टेक सिँह धामी, धनगढी । सुदूरपश्चिम प्रदेश सभामा सांसदहरुले आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराको राजीनामा पत्र बुझाएका छन् ।
प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका सात जना सांसद हिँडेरै मुख्यमन्त्री कार्यालय पुगेर मन्त्री बोहराको राजीनामा बुझाएका हुन् ।
मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरि पदबाट राजीनामा दिएको घोषणा गरेका बोहराको राजीनामा पत्र बुझाउन पुर्व मन्त्री पठानसिंह बोहरा, प्रदेशसभा सदस्य नेपालु चौधरी, लिलाधर भट्ट, रतन थापा, महेशदत्त जोशी र ग्याल्बु बोहरा मुख्यमन्त्री कार्यालय पुगेका हुन ।
मुख्यमन्त्री त्रिलोचन भट्टद्धारा मन्त्री बोहराले पदबाट दिएको राजनीनामा स्वीकृत भईसकेको छ ।
संसद विघटनपछि सत्तारुढ नेकपा दुई भागमा विभाजन भएको छ । एक समूहको नेतृत्व प्रधानमन्त्री समेत रहेको नेकपा अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरिरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij