
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । कुकुरको विषयलाई लिएर तीन जनामाथि गोली प्रहार भएको छ । घटनामा दुई जनाको मृत्यु भएको छ भने एकको उपचार भइरहेको छ ।
मध्य प्रदेशको देवासमा घरपालुवा कुकुर भुक्दा दुई पक्षबीच विवाद भएको हो । भारतीय सञ्चारमाध्यमले विवाद बढ्दै जाँदा गोली हानाहान भएर दुई जनाको मृत्यु भएको उल्लेख गरेका छन् । मृत्यु हुनेमा राजेश गोदारा र कैलाश गोदारा रहेका छन् । राजेश गोदारा आफ्नो घरपालुवा कुकुरलाई लिएर आइतबार बिहान घुम्न गएका थिए ।
उनीहरु फर्कने क्रममा डेडध परिवारका एक सदस्यलाई कुकुरले भुकेपछि दुवै पक्षबीच झडप भएको थियो । सो झडपमा गोदरा परिवारका तीन जनाको गोली हानी हत्या भयो । देवासका एएसपी मनजित सिंहका अनुसार राजेशको घटनास्थलमै मृत्यु भएकोहो ।
कैलाश गोदाराको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ भने तेस्रो घाइतेलाई इन्दोर रिफर गरिएको छ । दुई जना वरुण र राजेश देडाडलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij