Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

कारको ठक्करबाट दुईवटा स्कुटरमा सवार नेपालीको मृत्यु

कारको ठक्करबाट दुईवटा स्कुटरमा सवार नेपालीको मृत्यु

  • काठमाडौं । कञ्चनपुरसँगको सीमावर्ती भारतीय बजार बनबासा नजिकै भएको सवारी दुर्घटनामा चार जना नेपालीको मृत्यु भएको छ । बनबासा–खटीमा सडकखण्ड अन्तर्गत चकरपुरमा शनिबार कारको ठक्करबाट दुईवटा स्कुटरमा सवार नेपालीको मृत्यु भएको हो ।

    images
    images
    images

    मृतक नेपालीहरु नेपाल र भारतमा दुवैतर्फ बस्ने गरेका थिए । दुर्घटनामा ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ–बुहारी कल्पना चन्दको मृत्यु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    उनीहरु नेपालतर्फ रहेको घर कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा पूजापाठ सकेर भारतमा घर रहेको मुडेलीतर्फ स्कुटरमा जाँदै थिए । नेपाल प्रहरीले भने यसबारे औपचारिक जानकारी नआएको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij