Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । नेपाली चिकित्सक डा.मनोज कुमार शर्मालाई टिमोर लेस्टे सरकारले उच्चतम सम्मान गरेको छ । नेत्र रोग विशेषज्ञ डा शर्मालाई दक्षिण पूर्वी एसियाली राष्ट्र टिमोर लेस्टे सरकारले ‘मेडाल अफ द अर्डर टिमोर लेस्टे कोलार’ बाट विभूषित गरेको हो ।
टिमोर लेष्टको राष्ट्रपति होसे रामोस–होर्टाले डा शर्मालाई उक्त सम्मानबाट विभूषित गरेका हुन् । हाल रोयल टिमोर लेस्टेको अष्ट्रेलेसियन कलेज अफ सर्जन्समा परामर्शदाता रहेका डा शर्माले सो देशको आँखा उपचारका लागि क्षमता विकास तथा भौतिक पूर्वाधार विकासका लागि गरेको योगदानका कारण उक्त पुरस्कार प्रदान गरिएको हो ।
युनिभर्सिटी अफ टिमोर लेष्टेमा भिजिटिङ प्रोफेसर समेत रहेका डा शर्मा सन् २०१३ देखि टिमोर लेस्टेमा कार्यरत छन् ।
नेपालमा रहँदा डा शर्माले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एसोसिएट प्रोफेसरका रुपमा लुम्बिनी आँखा इन्स्टिच्युटमा सन् २००६ देखि २०११ सम्म काम गरेका थिए । त्यसपछि उनले धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा सन् दुई वर्ष काम गरेका थिए । बीपी प्रतिष्ठानपछि उनी टिमोर लेस्टे गएका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij