Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

न्यायाधीशद्वय राउत र माथेमाको इजलासमा नागरिकता विधेयकसम्बन्धी मुद्दा सुनुवाइ

न्यायाधीशद्वय राउत र माथेमाको इजलासमा नागरिकता विधेयकसम्बन्धी मुद्दा सुनुवाइ

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकसम्बन्धि मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।न्यायाधीश प्रकाशमान सिंह राउत र शुष्मलता माथेमाको इजलासमा सो मुद्दाको पेसी तोकिएको छ ।

    images
    images
    images

    यही जेठ २१ गते सर्वोच्चले वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्दामा अन्तरिम आदेश दिने कि नदिने भन्ने निर्णय गर्न सर्वोच्चले दुवै पक्षलाई आज छलफलका लागि बोलाएको थियो ।

    अन्तरिम आदेशलाई सर्वोच्चको संयुक्त इजलासले निरन्तरता दिएमा नागरिकता वितरणको कार्य तत्कालका लागि रोकिनेछ । यस्तै, यसअघि जारी भएको अल्पकालीन आदेश खारेज गरेमा नागरिकता वितरणको बाटो खुल्नेछ । गत जेठ १७ गते राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij