
Apr 19 2025 | २०८२, वैशाख ६ गते
स्कटल्यान्डविरुद्धको अभ्यास खेलमा लगातार विकेट गुमाएसँगै नेपालको ब्याटिङ लाइनअप संकटमा परेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १३.२ ओभरमा ४ ब्याटर गुमाईसकेको छ ।
नेपालले ओपनर आसिफ शेख १३.१ ओभरमा ज्याक जार्भिसको बलमा बोल्डहुँदा तेस्रो विकेट गुमाएकोछ । लगतै १३.२ ओभरमा रोहित पौडेल शून्यमा पभेलियन फर्कँदा नेपालले चौथो विकेट गुमाएको हो ।
यसअघि कुशल भुर्तेल ८.१ ओभरमा २४ बल खेल्दै १६ रन जोडेर पभेलियन फर्किए । नेपालले १३.२ ओभरमा ४ विकेट गुमाएर ५८ रन जोडेको छ । विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको नेपाली टिमले जुन १० मा नेदरल्यान्ड्सँग दोस्रो अभ्यास खेल खेल्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij