Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

स्रोत नखुलेको १८ लाख रुपैयाँसहित चार जना पक्राउ

स्रोत नखुलेको १८ लाख रुपैयाँसहित चार जना पक्राउ

  • काठमाडौँ । सर्लाहीमा स्रोत नखुलेको १८ लाख रुपैयाँसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका ११ बाट एउटा कारसहित बुधबार उनीहरूलाई पक्राउ गरिएको हो । 

    images
    images
    images

    पक्राउ पर्नेमा कार चालक मकवानपुरको हैटौँडा उपमहानगरपालिका ३ बासामाडी घर भएका ४० वर्षीय हेमराज विश्वकर्मा, सुनसरीको बराहक्षेत्र नगरपालिका ४ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ३१ वर्षीय मौसम मग्राती, सर्लाहीको बागमती नगरपालिका १ का ३१ वर्षीय दीपक तामाङ र खोटाङको रावाबेँसी गाउँपालिका ४ का ४४ वर्षीय विमल तामाङलाई प्रहरीले गरेको छ । 

    बागमती प्रदेश ०१ ०२६ च ०२९९ नम्बरको कार पश्चिमबाट पूर्वतर्फ आउँदै गर्दा कारको डिकीमा राखिएको झोलाबाट स्रोत नखुलेको १८ लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय (हरिवन) को हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij