Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

आकाश खुलेपछि चिसो बढ्यो, सुदुरपश्चिम र प्रेदश १ का केहि स्थानमा हिमपातको सम्भावना

आकाश खुलेपछि चिसो बढ्यो, सुदुरपश्चिम र प्रेदश १ का केहि स्थानमा हिमपातको सम्भावना

  • काठमाडौं । आकाश खुलेपछि काठमाडौंमा फेरि चिसो बढ्न थालेको छ । हिजो ६.१ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम आज बिहान घटेर ५.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    आकाश खुलेकाले अब केहि दिन निरन्तर चिसो बढ्दै जाने मौसमविद्ले बताएका छन् ।

    images
    images
    images

    पश्चिमी वायुको प्रभावले हाल देशको केहि पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहे पनि अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम प्रदेश र प्रेदश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राति प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij