Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

कोरोना अपडेट: छ हजार परीक्षण, ४ सय संक्रमित

कोरोना अपडेट: छ हजार परीक्षण, ४ सय संक्रमित

  • काठमाडौँ । पछिल्लो २४ घण्टामा पुष्टि भएका थप ४०९ सहित हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार १९३ पुगेको छ ।

    images
    images
    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा छ हजार ७०६ नमूना परीक्षण गर्दा थप ४०९ जना कोरोना पुष्टि भएको हो । जसमा १४४ महिला र २६५ पुरुष छन् । कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार १९३ मध्ये दुई लाख ५६ हजार १६१ सङ्क्रमणमुक्त भएका छन् ।

    देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १३३ छ । तीमध्ये १६०८ जना होमआइसोलेसनमा छन् । एक सय ९७ को आइसियुमा उपचार भइरहेको छ । तीस जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    कोरोना सङ्क्रमणबाट हालसम्म एक हजार ८९९ को मृत्यु छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij