
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुर सदर चिडियाखाना जावलाखेलमा उपयोग नभएका काठबाट पशुपन्छी तथा जनावरको आकृति बनाइंदैछ ।
विभिन्न क्षेत्रका कलाकारहरुद्वारा काठहरुमा कलाको माध्यमबाट "सेभ द एनिमल्स" नामक सन्देश दिने उद्देश्यले कला प्रस्तुत गर्नुहुंदैछ ।कलाकार बिभुशन ताम्राकारको नेतृत्वमा उक्त आकृति कुंदने काम गरिंदैछ ।
उक्त कला प्रस्तुतीमा कलाकारहरु बिभुशन ताम्राकार : बिकास शाक्य , राजन महर्जन , बिपुल प्रजापती, गौरव रत्न बज्रचार्य र रिकेश प्राजले आफ्नो कला प्रस्तुत गर्दैहुनुहुन्छ । हालसम्म मकर गोही, हात्तीको टाउको, लाटोकोसेरो र गिद्धको टाउको बनाइंदैछ भने अरु विभिन्न आकृति कुंदने काम जारी रहेको छ ।
त्यहाँ काठको आकारअनुसार कुन पशुपन्छी या जनावर बनाउन सकिन्छ सोही अनुसार बनाउने गरिएको छ । आफ्नो व्यापार ब्यबसाय सबै छोडी बिना पारिश्रमिक सेवाको भावनाले सबै कलाकारहरु लागिरहनुभएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij