
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकमाथि सर्वोच्च अदालतले रोक लगाएपछि वीरगंजमा प्रदर्शन भएको छ ।
सोमवार वीरगंजमा नागरिकताविहीन संघर्ष समितिको अगुवाइमा युवाहरुले प्रदर्शन गरेका हुन् । वीरगंजको घण्टाघर चोकमा जम्मा भएर युवाहरुले नाराबाजी गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय पर्सामा समेत धर्ना दिएर उनीहरुले पुन: जुलुससहित नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए । उनीहरुले विधेयक प्रमाणीकरणको विरोधमा रहेका नेताहरुको तस्विर जलाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij