Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

पछिल्लो राजनीतिक परिवर्तनले व्यवसायलाई असर नपर्नेः मन्त्री गुरुङ

पछिल्लो राजनीतिक परिवर्तनले व्यवसायलाई असर नपर्नेः मन्त्री गुरुङ

  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने भएकाले ढुक्क भएर अघि बढ्न व्यवसायीलाई आग्रह गर्नुभएको छ । 

    images
    images
    images

    नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घको अधिवेशनमा उहाँले कतिपय व्यवसायीमा कतै सङ्कटकाल लाग्ने हो कि अरु केही भइहाल्छ कि भन्न आशङ्का गरे पनि त्यस्तो केही नहुने स्प्रष्ट पार्नुभयो । उहाँका अनुसार देश अब नयाँ जनादेशबाट अघि बढ्नेछ । उहाँले भन्नुभयो, “व्यवसायी पनि नयाँ ऊर्जाका साथ अघि बढ्नुहोस ।”

    images

    सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका मन्त्री गुरुङले हर्बल व्यवसायले युवा वर्गलाई आफ्नो गाउँ फर्काउन सक्ने उल्लेख गर्नुभयो । यस क्षेत्रले रोजगारीको सिर्जना गरेर समृद्धिमा सहयोग पु¥याउने उहाँको भनाइ छ । उहाँले व्यवसायीलाई उत्पादन बढाउन र निर्यात प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सञ्चार मन्त्रालयका तर्फबाट मन्त्रालयको कार्यक्षेत्रमा पर्ने कुरामा सहयोग पु¥याउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मन्त्रालयले डिजिटल नेपाल बनाउन लागेको इकमर्स र इबिजनेसमार्फत अघि बढ्नुहोस् ।”

    नेपाल निर्यात व्यवसायी महासङ्घका अध्यक्ष रामबहादुर गुरुङले खेती गरेर जडीबुटीको उत्पादन बढाएर लैजान सकिने औँल्याउनुभयो । व्यवसाय राम्रो हुँदा रोजगारीको सिर्जना हुने र वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था हट्ने उहाँले बताउनुभयो । सङ्घका अध्यक्ष गोविन्द घिमिरेले सरकारले अहिले पचास प्रतिशतभन्दा बढी निर्यात गर्ने उद्योगलाई १० प्रतिशत सहुलियत दिने गरेकामा त्यसलाई बढाएर २० प्रतिशत पु¥याउनुपर्ने बताउनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij