Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

व्यवसायमैत्री ऐन आएमा नमूना शहर बनाउँछौँः सङ्घ

व्यवसायमैत्री ऐन आएमा नमूना शहर बनाउँछौँः सङ्घ

  • काठमाडौं । नेपाल जग्गा तथा आवास विकास सङ्घले ल्याण्डपुलिङ, हाउस पुलिङ, स्मार्ट सिटी र स्याटलाइट सिटीजस्ता परियोजना निजी क्षेत्रबाट सञ्चालन गर्न कानूनी व्यवस्थाका लागि विशेष पहल र प्रयत्नको आवश्यकता औँल्याएको छ ।सङ्घको १४ औँ वार्षिक साधारणसभाको अवसरमा आज आयोजित कार्यक्रममा प्रस्तावित शहरी विकास आयोजनामध्ये काठमाडौँ उपत्यकाभित्र न्यूनतम एक, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र प्रदेशअन्तर्गतका न्यूनतम एक आयोजना सञ्चालन गर्न सरकारसँग माग भइरहेको जानकारी दिइयो ।

    images
    images
    images

    सरकारी तथा गैरसरकारी संस्था र बैंकका बीचमा जग्गा तथा आवास व्यवसायप्रति सकारात्मक धारणा बनाउन कोशिस गर्ने जनाउँदै सङ्घले मुलुकभित्र उपयुक्त स्थान छनोट गरी नमूना शहर निर्माण गर्ने सोच अघि सारेको छ । सो अवसरमा नवनिर्वाचित अध्यक्ष इच्छाबहादुर वाग्लेले सरकारी नीतिगत झण्झटको चपेटामा परेको जग्गा तथा आवास व्यवसायले उठाएका एजेण्डालाई सरकारले सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुव्यवस्थित शहरको विकास होस्, व्यवसायीको संरक्षण होस, देशको उन्नति होस् भन्ने सङ्घको अपेक्षा छ, व्यवसाय अघि बढाउने सन्दर्भमा जग्गाको कित्ताकाट रोकिँदा मालपोतमा अपारदर्शीरुपमा हुने कार्यले अप्ठेरो बनाएको छ, बैंकबाट कर्जा प्रवाह र ब्याजमा सरलीकृत नीति आउन आवश्यक छ ।”

    पूर्वअध्यक्ष मीनमान श्रेष्ठले जग्गा कित्ताकाट गर्ने सरकारबाट निर्देशन जारी भए पनि अदालतको पछिल्लो निर्णयले ढुक्क भएर व्यवसाय अघि बढाउने वातावरणमा अवरोध भएको बताउनुभयो । उहाँले भन्नुभयो, “घर जग्गा कारोवारसम्बन्धी कानून निर्माण गर्ने प्रयासलाई जारी राख्दै शहरी विकाससम्बन्धी विधेयकलाई यथाशक्य छिटो पारित गर्न निरन्तर दबाबको खाँचो छ ।”हाल ९४ सदस्य रहेको उक्त सङ्घका सदस्यले व्यक्तिगतरुपमा सञ्चालन गरेका जग्गा र आवाससम्बन्धी परियोजना मूलभूतरुपमा काठमाडौँ उपत्यका केन्द्रित रहेको सो अवसरमा जानकारी दिइयो । मुलुकभर जग्गा तथा आवासमा व्यक्तिगत तथा बैंकको ऋणसमेत गरी झण्डै रु १२ खर्बको लगानी रहेको बताइएको छ । सङ्घले सामाजिक कार्यअन्तर्गत सदस्यबाट सङ्कलित रु ३१ लाख कोरोना भाइरस प्रतिकार्य तथा उपचार कोषमा सहयोग गरेको थियो ।

    वाग्लेको नेतृत्वमा नयाँ कार्यसमिति

      सङ्घको आज सम्पन्न चौधौ वार्षिक साधारणसभाले आगामी दुई वर्ष कार्यकालका लागि अध्यक्ष वाग्लेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समितिको निर्विरोध चयन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्ष विदुर धमला, द्धितीय उपाध्यक्ष दीपक कुँवर, तृतीय उपाध्यक्ष भेषराज लोहनी, महासचिव पुरुषोत्तम पौड्याल, सचिव गोविन्दप्रसाद लोहनी र कोषध्यक्षमा तुलसीप्रसाद अधिकारी चयन हुनुभएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij