Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८९९ पुगेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४९५ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ।

    हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ । अहिलेसम्म नेपालमा १९ लाख ६४ हजार १६० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

    नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३४२ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij