Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

‘पाँचौं राष्ट्रव्यापी बुदोकैदो प्रतियोगिता २०८०’ हुँदै

‘पाँचौं राष्ट्रव्यापी बुदोकैदो प्रतियोगिता २०८०’ हुँदै

  • ललितपुर । सुनाकोठी बुदोकदो क्लबको आयोजनामा पाँचौं  देशव्यापी बुदोकदो प्रतियोगिता २०८० हुँदैछ । यहि आउँदो जेठ १९ र २० गते मंगलबजारको हखाःमा दुईदिनसम्म हुने आयोजकले जानकारी दिए । यस प्रतियोगितामा करिब ५ सय ५० जना खेलाडीहरु सहभागि हुने अनुमान गरिएको सुनाकोठी बुदोकैदो क्लबका अध्यक्ष विक्रम महर्जनले बताए । 

    images
    images
    images

    बुदोकैदो खेल के हो त ?

    नेपालमा कोरियन, जापन, चाइना लगायत विभिन्न देशबाट आएको मार्सलआर्टहरु छन् । तर बुदोकदो भने नेपालबाट सुरु भएको नेपाली मार्सलआर्ट हो । यस खेललाई स्थापना गर्ने प्रमुख व्यक्ति सागरमान श्रेष्ठ हुन् । उनले २०३२ सालमा नै यस खेलको स्थापना गरेको थियो ।


    विशुद्ध नेपाली भाषाबाट सुरु हुने यस खेलको सुरुवातमा भगवानलाई नमस्ते, महागुरुलाई नमस्ते र ठूलो गुरुलाई नमस्ते गरिसकेपछि मात्र खेल आरम्भ गरिन्छ । यस बुदोकैलो खेलभित्र पनि मुक्का लगायत सिक्ने, अनि सिकाइने सबै विधिलाई नेपाली भाषामा नै राखिएको छ । जस्तो सिधा मुक्का, ठाडो मुक्का, उत्तानो मुक्का, पोप्टो मुक्का भने जस्तै धनलात, सिराला, घुडाला, चन्द्रला सूर्यलात लगायत प्रशिक्षण नेपाली भाषामा नै दिइन्छ ।

    विशेष गरी यस खेलमा स्वास्थ्य शारीरिक विकास र अनुशासन, सेल्फ ‘डिफेन्स’ आत्मरक्षा कसरी गर्ने भन्ने कुरालाई विशेष जोड दिएर सिकाइन्छ । परिस्थिति अनुसार आफ्नो रक्षा कसरी गर्ने त भन्दा भगवान बुद्धको जस्तो शान्त र भैरव जस्तो उग्र रूप लिएर आफुलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने कला पनि सिकाइन्छ ।

    त्यसैगरी बुदोकैदो खेलमा विशुद्ध नेपाली हात हतियार, जस्तैः खुकुरी, ढिकी, लठ्ठी, त्रिसुलको प्रयोग गरेर पनि खेल सिकाइन्छ । लक टेक्निक्सहरु सिकाइन्छ। यस खेलमा विशेष गरी महिलाहरुलाई हिंसाबाट कसरी बच्ने भन्ने उदेश्यले कसैलाई पनि नोक्सानी नगरी लक टे निक्सको प्रयोगबाट आफु सुरक्षित राख्ने भन्ने कुरा सिकाइन्छ । 

    यस नेपाली मार्सलआर्ट बुदोकैदो नेपालमा भन्दा पनि विश्वमा प्रख्यात छ । अहिलेसम्म विश्वभरमा २७ ओटो देशहरुमा बुदोकैदो खेल सिकाइन्छ । नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघ नेपालले वर्षमा एउटा राष्ट्रिय खेल गर्ने गरेको र यसको शाखाहरुले राष्ट्रव्यापी र उपत्यकाव्यापी वर्षमा १२ ओटा मार्सलआर्ट खेल बुदोकैदो प्रतियोगिता गर्ने गरेको छ । त्यसका साथै वर्ल्ड च्याम्पियनसिप भनेर पनि पाँच वर्षमा एक पटक बुदोकैदो प्रतियोगिता गरिन्छ ।  

    IMG-023cf0528dec19d08d764f9466c256c5-V-1.webp

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij