Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । जेठ १७ गतेदेखि असार १७ गतेसम्म प्रथम ललितपुर जुत्ता चप्पल मेला–२०८० हुने भएको छ। आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ललितपुरको जावालाखेलमा उक्त मेला हुने जानकारी दिइएको हो।
मेलाका संयोजक दिवाकर गिरीले आम जनतालाई स्वदेशी वस्तुको प्रयोग गर्ने भावनाको विकास गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको बताए। उनले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै अर्थतन्त्र चलायमान बनाउँदै व्यवसायीहरुलाई राहत दिने उद्देश्य पनि रहेको बताए।
मेलामा नेपालमा नै उत्पादित चर्चित ९ वटा कम्पनी तथा ब्राण्डका जुत्ता चप्पल खरिद गर्न पाइने छ। मेलामा ३ हजारभन्दा बढीका मेडल र डिजाइनका जुत्ता चप्पल उपलब्ध हुनेछन्। मेलामा २० देखि ५० प्रतिशतसम्म विशेष छुटको समेत व्यवस्था गरिएको आयोजकले बताएको छ।
मेला अवधिमा ३ लाखलाई मेलाको अवलोकन गराउने र ५ करोड बराबरको कारोबार गराउने लक्ष्य राखेको छ। मेलामा प्रवेश भने निःशुल्क रहेको आयोजकले बताएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij