Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

चाइना फाउण्डेशनद्वारा शैक्षिक सामाग्री वितरण

चाइना फाउण्डेशनद्वारा शैक्षिक सामाग्री वितरण

  • ललितपुर । चाइना फाउन्डेशन फर पोभर्टी एलिभिएसनको आर्थिक सहयोगमा र ग्लोवल को-अपरेशन फर डेभलमेन्टको सहकार्यमा शैक्षिक सामाग्री (पाण्डा प्याक) वितरण गरेका छन् । कार्यक्रम गोदावरी नगरपालिका ललितपुरका ३ वटा विद्यालयमा विद्यार्थीहरुको न्युनतम आवश्यकता पुर्ति गर्ने उदेश्यले स्कुल ब्याग, स्टेस्नरी सामाग्री, हाईजिनीक प्याक, लगाएत १९ थरीको सामाग्रीहरु बितरण गरिएको थियो ।

    images
    images
    images

    गोदावरी नगरपालीका-५ लेलेको जयलकुमारी आधारभूत विद्यायलयमा नर्सरी देखि ५ कक्षा सम्मका ९२ जनालाई त्यसैगरी, देविचौर-७ भिमसेन आदर्श माध्यामिक विद्यालयमा २७३ जना र छम्पी-९ गणेश आधारभूत माध्यामिक विद्यालयमा ५९ जना गरी जम्मा ४२४ जना विद्यार्थीहरुलाई  सामाग्री बितरण गरिएको छ ।  

    images

    ग्लोवल को-अपरेशन फर डेभलमेन्टका अध्यक्ष मुक्ती मरासीमीले नेपालमा भएका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर लगायत विद्यार्थीहरु विद्यालयमा आउन सम्म नसक्ने समस्यालाई मध्य नजर गरी सानो सहयोग गरिएको जानकारी दिए ।

    साथै, नेपालमा विभिन्न सामुदायिक स्कुलमा खाजा लत्ता कपडा लगाएत शैक्षिक सामाग्री वितरण राखिएको समेत उनले बताए । 

    चाइना फाउन्डेशन फर पोभर्टी एलिभिएसनका कार्यक्रम अफिसर कृतिसा श्रेष्ठले संस्थाको गतिविधिको बारेमा जानकारी दिदै प्राप्त शैक्षिक सामाग्रीहरुको सही सदुप्रयोग गर्न आग्रह गरे । 

    images

    यस कार्यक्रमको संयोजन गोदावरी नगरपालिका-११ का समाजसेबी, प्रगतिशिल सामुदायिक अध्य्यन केन्द्रका अध्यक्ष भाग्यराम महर्जनले गर्नु भएको थियो ।

    348356618_1296016921322220_3875920685805258327_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij