Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषद ललितपुरको आयोजनामा २ दिने आत्मरक्षा तालिम सम्पन्न भएको छ । तालिममा जिल्ला युवा समिती ललितपुरका अध्यक्ष जितेन्द्र महर्जनको सभापत्तिवमा भएको हो । शारीरिक तथा मानसिक रुपमा पनि आत्मरक्षा हुनुपर्ने र यस तालिमबाट सिकेका कुराहरु स्कुल, समाज र व्यहारमा प्रस्तुत गर्न आग्रह र तालिमबाट उर्जा हासिल गर्छ भने आशा व्यक्त गरे ।
यस्तै, यस तालिमका प्रमुख अतिथि बागमति प्रदेशका माननीय सांसद उर्मिला लामाले शारिरीक तथा मानसिक रुपमा अवल हुनु जरुरी भएको बताइन् । उनले प्रदेशमा महिलाहरुका लागि नितिगत रुपमा आत्मरक्षाका लागि तालिम राख्नुपर्ने सम्पूर्ण महिलाहरुले प्रदशमा आवाज उठाएका र यस्ता तालिम प्रत्येक वडामा गर्नुपर्ने बताइन् ।
ललितपुर प्रहरी वृत्त चापागाउँ प्रमुख नायक उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले लैंगिक हिंसा तथा महिला बालबालिका सम्बन्धि कसुरको सम्बन्धि जानकारीका साथ आफनो आत्मरक्षकका लागि केही मार्सल आर्टको टेक्नि प्रयोग गरेर तत्कालका लागि रक्षात्मक पक्ष ल्याउन सकिने बताए । लैंगिक हिंसा तथा महिला बालबालिकप्रति अहिले समाजमा घटेका घटनाहरु, सुनिश्चिताहरु, हक अधिकारहरु उल्लघंन भएमा न्याय प्रक्रियालाई कसरी अगाडि बढाउने जस्ता जानकारी दिए ।
यस्तै, तालिममा कानुनी परामर्स तथा उपचार सम्बन्धि लिबर्टी फर्मका अधिवक्ता सुरेश मान श्रेष्ठले प्रशिक्षण दिएका छने भने, आत्मरक्षा तालिम(भौतिक रुपमा) सुनाकोठी बुदोकैदो क्लबका अध्यक्ष विक्रम महर्जनले दिएका छन् । प्रशिक्षक रेखा बि.क र कोपिला कार्कीले महिला आत्मरक्ष सम्बन्धि तालिम तथा परिषदमा प्रशिक्षण लिदाको अनुभव आदान प्रदान गरेकी छिन् ।
तालिममा करिब ४१ जना किशोरीहरु सहभागी भएका छन् ।




© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij