Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

लेक लागेर एक भारतीय नागरिकको मृत्यु

लेक लागेर एक भारतीय नागरिकको मृत्यु

  • काठमाडौँ । सगरमाथा क्षेत्रमा लेक लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुुसार मृत्यु हुनेमा सगरमाथा क्षेत्र भ्रमणमा आएकी ५९ वर्षीया सुजान लियोपोल्डिना ज्युस रहेकी छन् ।

    images
    images
    images

    सगरमाथा आरोहणका लागि आएकी ज्युसलाई जेठ ३ गते आधार शिविरमा लेक लागेर बिरामी भएपछि हेलिकप्टर मार्फत लुक्ला झारिएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठले जनाएका छन् । 

    लुक्लाको पासाङ ल्हामु निकोलनिकी अस्पतालमा उपचारको क्रममा उनको बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । शवको कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij