
Apr 19 2025 | २०८२, वैशाख ६ गते
ललितपुर । ललितपुर महानगरपालिकाले घरको गेट सडकतिर फर्काएर नखोल्न निर्देशन दिएको छ। घरको गेट सार्वजनिक जग्गासमेत अतिक्रमण गरी सडकतर्फ खोल्ने गरेको पाइएको भन्दै महानगरपालिकाले त्यसो नगर्न निर्देशन दिएको हो।
महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडकतर्फ गेट खोल्दा सर्वसाधारणलाई हिंड्न अवरोध हुने भएकोले ३५ दिनभित्र सुधार गर्न निर्देशन दिएको हो। तोकिएको मितिभित्र पनि यसरी गेट खोलेको पाइएमा कानुनी कारबाही हुने चेतावनीसमेत महानगरपालिकाले दिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij