Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

तयारी पोशाक संघको रजत तयारी !

तयारी पोशाक संघको रजत तयारी !

  • ललितपुर । ललितपुर तयारी पोसाक व्यापार संघले आफ्नो स्थापनाको २५ वर्ष रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    संघले पत्रकार सम्मेलनको आयोजना गरी आयकर सम्बन्धी अन्तरक्रिया, व्यावसायिक लेखा प्रणाली तालिम, बैङ्क तथा इन्सुरेन्स सम्बन्धी सहजीकरण, सुस्वास्थ्यका लागि विविध कार्यक्रम, असहाय, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्ने, अन्तर संघ खेलकुद, स्मारिका प्रकाशन, दसैँ तिहार विशेष उपहार कार्यक्रम तथा सदस्यता अभिवृद्धि जस्ता कार्यक्रमहरूको आयोजना गर्ने जनाएको हो ।

    AGNI GROUP

    २५ वर्ष अघि पुष्परत्न शाक्यको अध्यक्षतामा ललितपुर जिल्लाका तयारी पोसाक, ब्याग तथा कस्मेटिक व्यवसायीहरुलाई संगठित गर्ने उद्देश्यले संघको स्थापना भएको थियो ।

    पत्रकार सम्मेलनमा संघका अध्यक्ष मिलन श्रेष्ठले प्रेस विज्ञप्ति वाचन गर्दै गरेका थिए भने संस्थापक अध्यक्ष शाक्यले संघको इतिहास उल्लेख गर्दै पत्रकारहरूको जिज्ञासाको जवाफ दिएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij