
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । सवारी ज्यान मुद्दाका फरार एकजना अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन् ।
२०६९ मंसिर २८ गते दिउँसो १ बजेतिर ललितपुरको साविक इमाडोल वडा ६ स्थित कृष्ण मन्दिर अगाडी सडकबाटोमा बा.१ख७५७९ नम्बरको महेन्द्र निशान ट्रक (मिनी ट्रक)ले पैल यात्री पुरुषलाई ठक्कर दिँदा घाईते उपचारको क्रममा मृत्यु भएको थियो ।
मिनी ट्रक चालक ओखलढुङ्गा साविक वलखु गा.वि.स १ (सुनकोशी गाउँपालिका १) बस्ने ३५ वर्षीय झलक बहादुर मगर सो घटनापछि फरार थिए।
ललितपुर परिसरका सप्रवक्ता एवं सुचना अधिकारी भुवनेश्वर प्रसाद साहले थप अनुसन्धान भईरहको जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij