
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी छ । रास्वपाको बैठक पार्टी कार्यालय बसुन्धरामा बसिरहेको हो ।
प्रवक्ता डा. मुकुल ढकालका अनुसार बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने अथवा सरकारमा सहभागी हुने विषयमा निर्णय गर्नेछ ।
साथै रास्वपा सभापति रवि लामिछानेले आइतबार प्रधानमन्त्री प्रचण्डसँग भएको भेटबारे ब्रिफिङ गर्नेछन् । सरकारमा सभापति लामिछानेले तत्काल जाने सम्भावना नरहेको बताउँदै आइरहेका छन् ।
यसबारे आजै निर्णय हुने नेताहरुले बताएका छन् । केन्द्रीय समितिको बैठकपछि आजै दिउँसो ३ बजे रास्वपाको संसदीय दलको बैठक पनि बस्ने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij