Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

ललितपुरको तिखेदेवलमा कर शिक्षा कार्यक्रम 

ललितपुरको तिखेदेवलमा कर शिक्षा कार्यक्रम 

  • ललितपुर । ललितपुर महानगरपालिका १४ स्थित सबै करदातालाई  कर सम्बन्धी शिक्षा दिइएको छ। कर शिक्षा सम्बन्धी जानकारी नहुँदा करदाताले समस्या झेल्नु परेकाले सचेतनाका लागि कर शिक्षा दिइएको हो ।

    onlinepatrika
    Arghakhachi

    तिखेदेवलमा भएको कर शिक्षा कार्यक्रममा करदातालाई करको दायरा, नीति, छुटको व्यवस्था र व्यवसाय कर लगायतका बारेमा जानकारी गराइएको थियो ।

    AGNI GROUP

    ललितपुर  महानगरपालिका स्थानीय राजस्व परामर्श समितिको आयोजना र ललितपुर महानगरपालिका १४ को समन्वयमा कर शिक्षा प्रदान गरिएको हो । करदातालाई ललितपुर महानगरपालिका राजश्व प्रशासन महाशाखा प्रमुख प्रेम बहादुर थापाले ललितपुर महानगरपालिमा तिर्नुपर्ने विभिन्न कर सम्बन्धी प्रष्ट पारे । 

    यस्तै, कार्यक्रमका सभापति वडा १४ का वडा अध्यक्ष अमृत जंग महतले राजा महाराजको पालामा पनि कर र्तिनै पर्ने हुन्छ र कुनै देश संचालन गर्न करको ठूलो महत्व रहेको बताए । 

    ललितपुर उद्योग वाणिज्य राजश्व समितिका प्रमुख पूर्ण महर्जनले करदालाले हिसाब किताब कसरी राख्ने, दर्ता बिना व्यवसाय सञ्चालन गर्दा हुने कारवाही, मिसम्याचको समस्या, कर कसरी तिर्ने, कहिले तिर्ने, भ्याटको काम गर्दा ध्यान दिनुपर्ने विषय र व्यवसायलाई पर्ने समस्या करसम्बन्धी विभिन्न जानकारी गराएका थिए ।

    करदातलाई कर सम्बन्धी उचित ज्ञान नहुँदा धेरै समस्या पर्ने भएकाले कर शिक्षाले त्यसको अन्त्य गर्ने कार्यक्रम संचालक जानुका श्रेष्ठले बताइन्  । उनले असल नागरीक हुनको लागि कर तिर्नुपर्ने र वडामा आएको बजेट सदुप्रयोग भएको छ कि छैन भनेर वडामा गएर बुझन आग्रह गरे ।

    उक्त कार्यक्रममा अनलाइन कर तिर्ने प्रणालीको सन्दर्भमा समेत जानकारी गरिएको थियो । 

    340680406_1237145967006392_3743542082103689518_n.jpg

    340664007_767638094898195_1448364921258919116_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij