
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज फाइनल खेल हुदैछ । टियु क्रिकेट मैदानमा हुने फाइनल खेलमा नेपाल र युएई भिड्दै छन् ।
सेमिफाइनलमा कुवेतसँगको खेल रद्ध भएपछि नेपाल समुह विजेताको रुपमा फाइनलमा पुगेको हो । त्यसअघि नेपालले समुह चरणमा तीन जित र बर्षाले प्रभावित एक खेलमा अंक बाडेर समुह विजेता हुदै सेमिफाइनल पुगेको थियो ।
त्यस्तै, युएईले सेमिफाइनलमा ओमानलाई डकवर्थ लुइस नियम अनुसार २ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । यस अघि युएई समुह बि मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको थियो ।
दुवै एकदिवसीय मान्यता प्राप्त देश भएकाले फाइनल खेल एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ ।
नेपाल र युएईबीच अहिलेसम्म १३ वटा एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ७ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij