
Apr 08 2025 | २०८१, चैत २६ गते
ललितपुर । महालक्ष्मी नगरपालिका-६ ईमाडोल सितल हाईटबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । दोलखा विभु घर भई ललितपुर सितल हाईट बस्ने ४५ वर्षीय पेम्बा शेर्पा सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गाँजा ३ किलो र नगद १ लाख १३ हजार रूपैयाँसहित उनीहरुलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई उक्त लागूऔषध र नगदसहित फेला पारी पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij