
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ३१ टिमबाट ३१९ जनाले अनुमति लिएका छन् । २६५ पुरुष र ५४ जना महिलाले अनुमति लिएर आरोहणका लागि आधार शिविर प्रस्थान गरेको पर्यटन विभागले जनाएको छ ।
सगरमाथा आरोहण अनुमतिबाट मात्रै सरकारले ४४ करोड २८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै सगरमाथा, मनासलु, धौलागिरि, मकालु, ल्होत्सेसहित २३ वटा हिमाल आरोहणका लागि ८५ टिमबाट ७४३ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ । त्यसमध्ये १५९ जना महिला छन् ।
सरकारले हिमाल आरोहण अनुमतिबाट ५२ करोड ४२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । ८ हजार ५१६ मिटरको ल्होत्से हिमाल आरोहणका लागि धेरै जनाले अनुमति लिएका छन् । ल्होत्से चढ्न ८ टिमबाट ६१ जनाले अनुमति लिएको विभागले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij