Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

गोदावरी मेयर कप फुटबल प्रतियोगिता सुरु

गोदावरी मेयर कप फुटबल प्रतियोगिता सुरु

  • ललितपुर । गोदावरी मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । यो प्रतियोगिता टु स्टार क्लबले आयोजना गरेका हो ।

    images
    images
    images

    उक्त प्रतियोगिताको संघीय सासंद उदय शमशेर राणाले उद्घाटन गरे । राणाले खेलकुदले व्यक्तिको व्यक्तित्व विकास गर्ने बताउँदै गोदावरी नगरपालिकाले खेल क्षेत्रको विकास गर्न खेलाडीलाई प्रोत्साहित गर्दै प्रतियोगिताहरु आयोजना गरेकोमा धन्यवाद दिए ।

    स्थानीय तहले यस्ता प्रतियोगिता आयोजना गर्दा खेलाडी उत्पादन हुने बताउँदै ती खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उनले दाबी गरे ।

    गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले खेलाडी राष्ट्रको सम्पत्ति भएको बताउँदै नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गरे । खेलाडी उत्पादन गर्न र प्रोत्साहित नै नगरपालिकाले थुप्रै प्रतियोगिता आयोजना गरेको उनले जानकारी दिए ।


    यस्तै,  प्रदेश सांसद रघुनाथ महर्जन खेलक्षेत्रको विकास गर्न, खेलाडीलाई प्रोत्साहित गर्न प्रदेश सरकारले पनि गोदावरी नगरपालिकालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    342437206_778329260387437_4572885486025272040_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij