
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । गोदावरी नरपालिका १२ ठेचोमा ड्राइभिङ स्कुल संचालनमा आएको छ । कार, मोटर साईकल र स्कुटरको ड्राइभिङ सिकाउने गरी ३ जना युवाहरु मिलेर ड्राइभिङ स्कुल संचालनमा ल्याएका हुन् ।
बिहान ६ बजेबाट सुरुभई बेलुका ६ः३० बजे सम्म कक्षा संचालन हुने यस ड्राइभिङ स्कुलमा आफ्नो अनुकुलतामा प्याकेजका आधारमा न्यून शुल्कमा ड्राइभिङ सिक्न सकिने प्रमुख संचालक बाबुराम महर्जले बताए । एक करोड ७० लाख लगानीमा मापदण्ड अनुसारको ट्रेनिङ सेन्टर संचालनमा ल्याएको र ड्राइभिङ सिकि सकेपछि लाईसेन्सको लागि सहज हुने महर्जनले बताए ।
दक्ष प्रशिक्षकबाट ९० प्रतिशत प्राक्टिकल र १० प्रतिशत थ्यौरी कक्षा दिइरहेको संचालक राजु महर्जनले बताए । ६ वटा कार, ४ वटा बाईक र २ वटा स्कुटी रहेको छ । ९ जनाले सिकाउने यस स्कुल २०७९ माघ २१ गते देखि संचालनमा आएको राजु महर्जनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij