Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

सामाजिक अभियान्ता बालकृष्ण थापा मगर 

सामाजिक अभियान्ता बालकृष्ण थापा मगर 

  • ललितपुर । ललितपुरको गोदावरी नगरपालिका १२ ठेचोमा जेष्ठ नागरिक चैतारी संस्थाले जेष्ठ नागरिकहरुलाई  विभिन्न सेवाहरु दिदै आएको छ । ‘‘जेष्ठ नागरिकलाई सम्मान गरौँ’’ भन्ने नाराका साथ स्थापना भएको हो ।

    संस्थाका सम्रछेक तथा संस्थापक अध्यक्ष बालकृष्ण थापा मगरले विगत ४ वर्ष देखि निरन्तर जेष्ठ नागरिकहरुको अभिभावकीय रुपमा सेवा दिदैँ अएका छन् । स्वास्थ्यनै धन हो भन्ने सोचले जेष्ठ नागरिक चैतारीले प्रत्येक बिहीबार निःशुल्क सुगर, रक्तचाप परीक्षणको साथै काठमाडौं  मेडिकल कलेजको प्राविधिक सहयोगमा बेला बेलामा बृहत  निःशुल्क स्वास्थ्य शिविर  संचालनका सथै डा. बुद्ध बहादुर कार्की तथा डा. अनन्त  अर्यालहरुबाट सेवा समेत प्रदान गर्दै आएको छ । 

    जेष्ठ नागरिकहरुलाई शारिरीक व्यायाम पनि गराउँदै आएको छ । यस्तै, सबैलाई स्वस्थ राख्नु पर्छ भनेर आफ्नै निजी खर्चमा ठेचो व्यायाम चौतारी निर्माण गरी सर्व साधारणहरुलाई  समेत २४ घण्टा खुल्ला राखी सेवा प्रदान गर्दै आएको छ । 
    नयाँ वर्ष संगै प्रकृती प्रेमी समुहसँग सहकार्य गरी जेष्ठ नागरिकहरुलाई आहार, बिहार तथा बिचारको प्रक्षिण दिने योजन समेत बनाएको छ । बालकृष्ण थापा मगरले नेपाल प्रहरी संगठनमा २१ वर्ष २ महिना १२ दिन सेवा गर्ने क्रममा श्री त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालबाट स्वास्थ्य सम्बन्धी विषयमा करिब ३ वर्षको तालिम तथा अभ्यास गर्ने अवसर प्राप्त भएको थियो । 

    प्रहरी तालिम केन्द्रमा प्राथमिक उपचार (एम.आई.रुम)को प्रमुख भएर करिब ३ वर्ष सेवा गर्ने अवसर मिल्नुको साथै नेपाल प्रहरी अस्पतातमा नर्सिङ्ग सहायक तालिमको प्रशिक्षक र अप्रेशन थियटरमा टक्निसीयनको काम करिब १५ वर्ष गर्ने मौका प्राप्त भएको थियो । नेपाल प्रहरीबाट अवकाश प्राप्त भएपछि सन् २००२ देखि अमेरिकाको टेरीटोरी राज्य टिनिसन हुँदै सन् २०१७ सालमा अमेरिकाको वासिङ्गटन राज्यमा पनि काम गरेका थिए । 

    जेष्ठ नागरिकहरुको गैर नाफामुलक छाता संस्था जेष्ठ नागरिक चौतारी स्थापना गरी सम्पूर्ण जेष्ठ नागरिकहरुको स्वास्थ्य तथा हकहितको लागि स्थापना गर्ने योजना अनुसार वासिङ्गटन राज्यको रेडमण्ड शहरमा रहेको जेष्ठ नागरिक केन्द्रमा स्वास्थ्य सम्बन्धी सामाजिक सेवा शुभारम्भ गर्नुको साथै प्राय यस राज्यको सबै शहरमा रहेका जेष्ठ नागरिक केन्द्रहरुमा भएका सम्पूर्ण क्रियाकलापहरुको प्रत्यक्ष अवलोकन तथा अध्ययन गर्नुको साथै अमेरिकाको अन्य २१ राज्यहरुमा समेत प्रत्यक्ष अवलोकन गरेका छन । 

    यस्तै, नेपालको ७७ जिल्लामा भएका वृद्धाश्रम तथा दिवा सेवा केन्द्रका जेष्ठ नागरिकहरुलाई स्वास्थ्य विषेशक तथा स्वास्थ्य सामाग्री वितरणका साथै स्वस्थ्य सम्बन्धी छलफल गर्ने योजना अनुसार २१ जिल्लाहरुमा कार्यकरम समेत सम्पन्न गरी सकेको बताए । 

    २०७६ असार ९ गते, सोमवार जन्मभूमि नेपालमा आएर सामाजिक सेवाको लागि पहल सुरु गरेका थिए । यहि परिकल्पना अनुसार नेपाल सरकारको नियमानुसार जिल्ला प्रसाशन कार्यालय, ललितपुरमा गैर नाफा मुलुक संस्था दर्ता ऐन २०३४ अनुसार मिति २०७६ साल भाद्र १२ गते संस्था दर्ता नं. ५६९० मा बिधिवत रुपमा ‘‘जेष्ठ नागरिक चौतारी’’ ठेचोको जन्म भएको हो ।
    करीब २ वर्ष देखी जेष्ठ नागरिक क्षेत्रमा नै  A study on Inclusive and sustainable Health and quality of life of elderly people “ Exploratory study of Senior Citizen of Godawari Municipality” विषयमा शोध पत्र अर्थात्  पि.एच.डि. अध्ययन सँग सँगै अगाडि बढाई रहेको जाकारी दिए ।  

    जेष्ठ नागरिकहरुको सेवा गर्न पाएकोमा खुसी र आनन्दको महसुस भैइरहेको बताए र अहिले जेष्ठ नागरीक चौतारी संस्थाको गीत पनि गायक्कार जेष्ठ नागरिक मदन कृष्ण श्रेष्ठको आवाज तथा हरीभक्त बुढाथोकीको रचनामा गीत पनि तयार भई सकेको खबर छ । जेष्ठ नागरिक चैतारीले ललितपुरको ५ ठाउँमा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सम्बन्धी सेवा दिइरहेका छन् । लालित्पुर जिल्लाको विकट क्षेत्र बागमती गाउँपालिका–७  गिम्दीमा नयाँ वर्ष २०८० साल संगै शाखा बिस्तार गरी सेवा प्रारम्भ गरिएको छ । यस्तै, भाविष्यमा नेपालको  अन्य विकट क्षेत्रमा समेत शाखा बिस्तार गरी सेवा प्रदान गर्ने योजना भएको बताए ।  

    एकाइसौं शताब्तीको धरातलमा उभिएका जेष्ठ नागरिकहरुले आफ्ना सन्ततीहरुबाट वृद्धाअस्थामा पाउने माया ममतामा निकै कमी हुँदै गई रहेको छ । वर्तमान सन्ततीहरुले आफ्ना अग्रजहरुलाई माया ममता गर्न चाहँदा चाहँदै पनि मुटु माथी ढुंगा राखी आजका सन्तानहरु बिदेशीनु पर्ने बाध्यताले गर्दा जेष्ठ नागरिकहरु आफ्ना छोराछोरीहरुबाट टाढा रहनु पर्ने वातावरण दिन प्रति दिन बढ्दै गई रहेको छ । 

    यहि पृष्ठभूमिलाई मध्ये नजर राखी जेष्ठ नागरिकहरुलाई सहभागी गराई कम्तीमा दिनभरी एउटै छाता मुनी बस्ने बातावरण सृजना गर्दै समय बिताउने सुवर्ण अवसर प्रदान गराउनुको साथै बृद्ध–बृद्धाहरुलाई शारीरिक तथा मानसिकरुपमा स्वस्थ रहनको लागि वातावरण सृजना गर्ने उदेश्यले जेष्ठ नागरिक चौतारी स्थापना गरेको बालकृष्ण थापा मगरले बताए  ।

    अन्तमा उनले यस संस्थालाई एजिङ नेपाल र ACAP GAROP तथा Hepl Age International को सदस्य पनि बनाइ अन्तर्राष्ट्रिय स्तरमा समेत परिचय गराउनुको साथै जेष्ठ नागरिकहरुको आवाज बैंककमा भएको अन्तर्राष्ट्रिय समेलन राखी सक्नु भएको छ । यि सबै कार्यहरुको उचित मुल्याङ्क गदै राष्ट्रिय जेष्ठ नागरिक कोष मार्फत प्रथम जेष्ठ नगरिकक दिवसका अवसरमा राष्ट्रपति  बहुलिबाट सम्मानित भइसकेको छ ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij