Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

  • काठमाडौँ । ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । सर्लाहीको लालबन्दी नगरपालिका-६ फुटबल मैदान नजिक ट्रकको ठक्करबाट मोटरसाइकल यात्रुको मृत्यु भएको हो । 

    images
    images
    images

    मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका-११ भरतपुरका २९ वर्षीय श्रवण कुमार महतो र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका १२ वर्षीय विक्रम कुमार महतोको सो दुर्घटनामा परी मृत्यु भएको छ । 

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट किलिङ्कर लोड गरेको प्रदेश २–०३–००१ ख ८१५ नम्बरको ट्रकले ठक्कर मोटरसाइकल सवार श्रवण र विक्रमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

    ट्रक र सुनसरीका सुनसरी नगरपालिका-१० इटहरीका ट्रक चालक जितेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij