Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

बालबालिकालाई उद्घोषण तालिम

बालबालिकालाई उद्घोषण तालिम

  • ललितपुर । ललितपुर महानगरपालिका १४ ले वडामा रहेका बाल क्लवका पदाधिकारीहरुलाई उद्घोषण तालिम प्रदान गरेको छ । नखिपोट बाल क्लव, उमा महेश्वर बाल क्लब र वडा स्तरीय बाल क्लवका ४१ जना पदाधिकारीहरुलाई बोल्ने कला सम्बन्धि तालिम प्रदान गरेको हो ।

    images
    images
    images

    तालिममा बालबालिकालाई क्वल सञ्चालन, क्लवको बैठक सञ्चालन, सार्वजनिक कार्यक्रमहरुमा कसरी बोल्ने, कसरी कार्यक्रम सञ्चालन गर्ने, अन्य सार्वजनिक कार्यक्रमहरु कसरी सञ्चालन गर्ने बिषयमा प्रशिक्षण दिईएको छ ।

    तालिमको प्रशिक्षक यादव पाडेलले प्रशिक्षार्थिहरुलाई बोल्ने कलाले नेतृत्व र व्यक्तित्व विकास हुने कुरा सिकाइएको छ ।  कार्यक्रमको सहजिकरण तालिम संयोजक बाल अधिकार समितीकी संयोजक संगीता अछामीले गरेका छन् । 

    बाल अधिकार, बाल सहभागिता र बाल नेतृत्वका बिषयमा जानकार गराउने र बोल्ने कलाको बिकास गरी समाजिक विकासमा सहभागि गराउने उदेश्यले तालिमको आयोजना गरिएको अछामीले जानकारी दिइन् ।

    336692966_917973459486638_8780974475395342654_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij